कोरोना विशेष

काठमाडौँमा आजबाट भेरोसेलको दोस्रो डोज खोप लगाइँदै


काठमाडौँ – काठमाडौँमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ ।
भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अरुलाई पनि खोप दिइनेछ । काठमाडौँका सबै पालिकामा–१ सय ४६ खोप केन्द्रका राखिएको छ ।