देश

गाईभैंसी नै बिरामी पर्ने बिस्कुट मान्छेलाई


काठमाडौँ – काठमाडौँ विजुलीबजार स्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा मंगलबार बिहान साढे ११ बजे एउटा गोप्य सुचना पुग्यो । सूचना दिनेहरुले बालाजुको एउटा खाद्य गोदाममा म्याद गुज्रेका खाद्यवस्तु रि लेवलिङ गरेर बजार पठाउने काम भइरहेको दावी गरे । विभागका महानिर्देशक प्रकाश पौडेलले त्यस्तो स्थानमा तत्कालै छापा मार्न आफ्ना निर्देशक शिवराज सेढाईको नेतृत्व परिचालन गरे । विभागले अपराध महाशाखासँग प्रहरी सपोर्ट माग्यो । महाशाखाले डिएसपी दुर्गा रेग्मीलाई तत्कालै खटायो ।

सूचना दिनेले कुन कम्पनी, कुन ब्रान्ड र कुन स्थान समेत खुलाउन मानेन । बिजुलीबजारबाट मुभ भएको टोली दिउँसो दुई बजे बालाजु पुग्यो । त्यो बेला रिलेवलिङ गरिरहेका कामदारहरु सबै गोदाम बन्द गरेर खाजा खान निस्केका रहेछन् । गोदाम अघिल्तिर एक प्रहरी सर्वसाधारण झै बसिरहे । गोदाम खुलेको सूचना उनले दुई बजेर ३० मिनेटमा दिए । त्यसपछि प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता हिन संरक्षण विभागको टोलीको रेड गोदाममा पर्यो ।

बालाजुको भाटभटेनी सुपर स्टोरभन्दा केही अगाडि एउटा गोदाममा चार पाँच जना कामदार, सुवास खड्का नामका व्यवस्थापक भेटिए । गोदाममा विभिन्न ब्रान्डका खाद्य सामाग्री, रिलेवल गर्ने मेसिन, एमआरपी र एक्स्पाइरी डेट मेटाउन प्रयोग हुने मसि, मेटाउन चाहिने केमिकल, ब्रस आदि फेला परे ।