देश

आफैले जन्माएको बच्चको घाँटी निमोठेर हत्या


काठमाडौँ – अवैध सम्बन्धबाट जन्मिएको भन्दै एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा बस्ने ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।

माधवीका श्रीमान् विगत १० वर्षदेखि वैदेशिक रोजगारमा गएको र उतै बेपत्ता भए पनि अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि बच्चको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।

माधवी अहिले प्रहरी हिरसतमा छन् । उनलाई आफ्नै ससुराले प्रहरीको जिम्मा लगाइदिएको थियो । माधवी प्रहरीको नियन्त्रणमा रहेको र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । माधवीका १३ वर्षीय अर्का एक छोरा छन् ।