कोरोना विशेष

१६ वर्षभन्दा मुनिका लागि फाइजर खोप नलगाउन एफडीएको चेतावनी


काठमाडौँ – १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ । अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै यस्तो चेतावनी दिएको हो ।

एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक जानकारी नभएकोले यो खोप लागाउन सिफारिस नगर्ने बताएको छ । तर, १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि भने प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिइसकेको छ ।

बालबालिकाको लागि कति मात्रा उपयुक्त हुन सक्छ भन्ने बारेमा आफूहरूले समय समयमा बुझिरहेको एफडीएले जनाएको छ । फाइजर, मोडर्ना र जोन्सन एण्ड जोन्सनले बालबालिकाको लागि खोपको परीक्षण गरिरहेका छन् ।