कोरोना विशेष

कारोनाले देशभर ३५ जनाको मृत्यु, २ हजार ५२५ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार २० र एन्टिजेन विधिबाट ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ५६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।