समाचार

सभामुख सापकोटाको दाँतको शल्यक्रिया


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो ।

दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उनले समय लिनुभएकोे थियो । उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिररहेका सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिएको बताइएको छ ।