कोरोना विशेष

लुक्ला जान पीसीआर अनिवार्य, खोप लगाएकालाई छुट


काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका भित्र जानका लागि अनिवार्य लगाएको हुनुपर्ने छ । स्थानीय खुम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले वायुसेवा कम्पनीहरुलाई पत्र काट्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन् ।

उनका अनुसार हवाईमार्ग प्रयोग गरि गाउँपालिका भित्र जाने सबैले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको हुनुपर्छ । दोस्रो डोज नलगाएको भएमा भने पिसिआर परीक्षण गरि नेगेटिभ रिर्पोट अनिवार्य बोक्नुपर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ ।