समाचार

काठमाडौँमा राती ८ बजेपछि सवारीसाधन चलाउन पाइने


काठमाडौँ – कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।