राजनीति

बिहान ११ बजेका लागि तय एमालेको स्थायी कमिटी बैठक सर्यो


काठमाडौँ – आज बिहान ११ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को स्थायी कमिटी बैठक सरेको छ ।

बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ । बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक सारिनुको कारण भने खुलाइएको छैन ।