देश

टीकापुर घटनाका बन्दीलाई बिनासर्त रिहाइ गर्न माग गर्दै कैलालीमा विरोध प्रदर्शन


काठमाडौँ – थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा सोमबार कैलालीमा विरोध प्रदर्शन गरेको छ । भदौ ७ र ८ गतेलाई कालो दिनका रूपमा मनाउँदै आएको मोर्चाले लम्की चुहा नगरपालिकाको भल्का चोकदेखि बलिया चौकसम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो ।

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीलाई बिनासर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा थारू समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शन गरिएको हो ।