कोरोना विशेष

कारोनाले देशभर २४ जनाको मृत्यु, १ हजार ८०१ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५४८ र एन्टिजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ५३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।