राजनीति

एमालेद्वारा लुम्बिनी प्रदेशसभा अवरुद्ध


काठमाडौँ – सोमबार एक बजेका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक एमालले अवरुद्ध गरेको छ । सुरु हुन सकेको छैन। एमालेले केही बेरअघि सभामुख पूर्णबहादुर घर्तीलाई सदन चल्न नदिने चेतावनी सहितको पत्र बुझाएको थियो ।

एमाले सूर्य चिन्हबाट निर्वाचित विमला ओली र अजय शाहीलाई पदमुक्त गर्न माग एमालेले गरेको छ। सभामुख घर्तीले सांसदद्वयलाई कारबाही गर्न नसकिने पत्र हिजो पठाएका थिए। सांसदहरु सदनमा प्रवेश गरेर बैठकको प्रतिक्षा गरिरहेको माओवादी केन्द्रकी सांसद दामा शर्माले जानकारी दिइन्।