राजनीति

नेपाल भ्रमणमा रहेका बीजेपी नेता र ओलीबीच भेटवार्ता


काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले राजनीतिक भेटघाटकै क्रममा सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । डा.विजय चौथाइवाले ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

उनीहरु बीच दुई देशका सम्बन्ध सकारात्मक कुराकानी भएको जनाएको छ । यसअघि पनि यी दुईबीच भेटघाट भएको थियो । ओली प्रधानमन्त्री भएकै बेला चौथाइवाले काठमाडौं आएका थिए ।

आइतबार काठमाडौँ आइपुगेका नेता चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरिसकेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग समसामयिक कुराकानी गरेका थिए । नेपालमा सरकार परिवर्तनको केही समयपछि चौथाइवालेले राजनीतिक भेटघाट तीव्र पारेको र यसलाई भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।