देश

८ महिनाको बच्चसहित तीन जनाले गरे आत्महत्या


काठमाडौँ – झापामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । जिल्लाको कन्काई नगरपालिका–१ सृजना टोलमा ८ महिनाको बच्चीसहित एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेका हुन्।

आफ्नै घरभित्र कोठामा झुन्डिएको अवस्थामा मृत्यु हुनेमा ३४ वर्षीय रविन बिक, २९ वर्षीय मुना र ८ महिनाकी काखे बच्ची रुविना रहेका छन् । उनीहरुलाई आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।