राजनीति

नारायणकाजी श्रेष्ठले भने – नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउँछ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले छिट्टै सरकारले पूर्णता पाउने बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा नेता श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउने बताउनुभयो ।

आइतबारको बैठकले नेपालका कम्युनिस्ट पार्टीहरूको एकता लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।