कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन् भने २४ जनाको मृत्‍यु भएको छ ।