देश

आज विश्व संस्कृत दिवस


काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।

चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाले संयुक्त रुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजना गरिएको छ । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनअनुसार थोरै सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित हुने र देश तथा विदेशबाट प्रविधिमार्फत धेरै सङ्ख्यामा सहभागिता हुने निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले जानकारी दिनुभयो ।