राजनीति

पार्टी दर्ता हुने वित्तिकै सरकारमा सहभागी हुन्छौं : नेता चौंधरी


काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनु भएको छ । नेता चौंधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दावी समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौंधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको पनि बताउनु भयो । नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरुमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गर्नु भयो भने वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन दवाव दिनु भयो ।

नेता गैरेले आफूहरु पार्टी एकताको पक्षमा उभिएको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले दुई तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।