समाचार

काठमाडौँ उपत्यकामा थप ६६७ जनामा कोरोना पुष्टि


काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ७५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६६७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ४८३ जना छन् । यस्तै, ललितपुरमा १०३ र भक्तपुरमा ८१ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ३० जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।