कोरोना विशेष

२४ घण्टामा दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ७५ जनाको नतिजा पोजिटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट एक हजार ४२४ र एन्टिजेन विधिबाट ६५१ जनामा संक्रमण पुष्टि भएको हो । कुल १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएको थियो । जसमा सात हजार ७०३ नमुनाको पीसीआर र पाँच हजार ४७२ नमुनाको एन्टिजेन विधिबाट गरिएको थियो ।

यस्तै, थप दुई हजार ३८२ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५५ पुगेको छ । त्यस्तै संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ४५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।