राजनीति

ओलीद्वारा शैक्षिक सुधारका लागि एक लाख सहयोगको घोषणा


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो
अध्यक्ष ओलीले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताउनुभयो ।