समाचार

चार किलो चरेससहित ३ जना पक्राउ


काठमाडौँ – कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट चार किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले शुक्रवार साँझ चार किलो ४९० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङको छविस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् । पक्राउ परेकाहरु माथि अनुसनधानको कार्य भैरहेको प्रहरीले जनाएको छ ।