राजनीति

५७ नेताले ओलीलाई दिए ४ दिने अल्टिमेटम (वक्तव्यसहित)


काठमाडौँ – नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ ।

माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ४ दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ ।

अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । महाराजगञ्जस्थित एरिकल इभेन्ट्स होटलमा भएको छलफलमा माधव नेपाल समूहमा रहेका तर, उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्य र सांसद गरी ५७ जना सहभागी भएका थिए ।