समाचार

मुना कार्कीलाई जुट्यो यतिधेरै सहयोग, कस्ले कति सहयोग गरे ? (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ केएमसी अस्पतालमा उपचार वापतको ४६ सय रुपैयाँ तिर्न नसक्दा आफ्नो पतिको शव नदिई समस्यामा पारिएकी मुना कार्कीलाई सहयोग प्राप्त भइरहेको छ । शोकको समयमा श्रीमान्को काजकिरिया गरिरहेकी मुनालाई विभिन्न व्यक्तिहरुको सहयोगले राहत पुगेको हो ।

आफ्नो श्रीमान्को उपचार वापतको ४० हजार तिरेर गरिविका कारण बाँकी ४६ सय रुपैयाँ तिर्न नसक्दा श्रीमान्को शव नदिएर पीडामा पारिएकी मुना कार्कीलाई अहिले देशविदेशबाट सहयोग जुट्न थालेको छ । अहिलेसम्म मुनालाई विभिन्न व्यक्तिहरुबाट एक लाख १५ हजार रुपैयाँ संकलन भइसकेको छ । मुना अहिले आफ्नो श्रीमान्को सदगद गरेर काजकिरियामा छिन् ।

यही भदौ एक गते मुना कार्की आफ्नो श्रीमान् सरोज कार्कीको उपचारका लागि केएमसी अस्पतालमा थिइन् । अस्पतालमा विरामीको उपचार वापत ४६ सय रुपैयाँ तिर्न नसक्दा शव नै बन्धक बनाइदिएको विषय समयचक्रमा प्रसारण भएपछि धेरै मानिसले उनलाई सहयोग गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषले विद्युतिय शव दाह गृहमा निशुल्क सदगद गरिदिएको छ भने मुना र उनको दाई जोरपार्टीस्थीत किरियापुत्री घरमा काजकिरियामा छन् । मुनाकी सहयोगी हिरा कार्कीका अनुसार शोकमा रहेकी मुनाका लागि एक् लाख १५ हजार भन्दा बढि सहयोग संकलन भइसकेको छ ।

मुनामाथि अस्पतालको क्रुर व्यवहार त आफ्नो ठाउँमा छँदै थियो, उनीसँग पतिको दाह संस्कार गर्ने पैशा पनि थिएन । अर्को अर्थमा भन्नु पर्दा मुनासँग कात्रो किन्ने पैशा पनि थिएन । तर हाम्रो देशमा केएमसी जस्ता अस्पताल मात्रै छैनन्, दयालु मन भएका मानिसहरु पनि छन् ।
योहो टेलिभिजिको कार्यक्रम समय चक्रमा मुनाको दुःख सार्वजनिक भएपछि सोम थापाले १५ हजार, अन्जु तिरुवाले ३ हजार, मेनुका देवी भण्डारीले ४४ सय, दामोदार खनालले ५१ सय, सम्झना दाहालले ५ हजार, निर्मल श्रेष्ठले ४५ सय रुपैयाँ मुनालाई सहयोग गर्नु भएको छ । यस्तै पाँच हजार र १० हजार सहयोग गर्दै दुर्य व्यक्तिले नाम नखुलाईदिन आग्रह नै गरे । शुक्रबारमात्रै नन्दस्याम महर्जनले ५ हजार र केशव प्रसाद रेग्मीले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सहयोग गर्नेहरुमा संगीता लामा, विवेक काफ्ले, नविन लुईँटेल, नोकबहादुर मगर, गणेशबहादुर खड्का, गीता विष्ट, लक्ष्मी खड्का, मुडुला कार्की कुलायन व्यवस्था नगर समिति धरानको तर्फबाट यमबहादुर कार्की, नारायण श्रेष्ठ, विर्खराज गुरुङ, नेत्रचन्द, दीपक खड्का पनि छन् ।
पतिको उपचारका लागि बीर र केएमसी गरि झण्डै एकलाख रुपैयाँ खर्च भएको मुनाको भनाई छ । आफ्नो दुखलाई देखेर सहयोग गर्नेहरुप्रति मुनाले धन्यवाद व्यक्त गरेकी छिन् ।