राजनीति

नेपाल र ठाकुर पक्षलाई सनाखतका लागि भदौ ९ गते आयोगले बोलायो


काठमाडौँ – निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि बोलाएको छ ।

आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाका अनुसार दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको हो । ‘उहाँहरुको केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखत हुनेछ,’ सूचना अधिकारी धमलाले भने ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको छ ।