राजनीति

नेकपा एमालेका सांसदहरूले गरे सभामुख सापकोटाको कार्यकक्ष घेराउ



काठमाडौँ –नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् ।

पार्टीले कारबाही गरेका सांसदहरूलाई तत्काल कारबाहीको माग राख्दै एमाले सांसदहरूले आज सभामुखको कार्यकक्ष घेराउ गरेका हुन् । हिजो पनि एमाले नेताहरुले सभामुखलाई भेटेर पार्टीले कारवाही गरेका १४ जनालाई तत्काल कारबाही गर्न आग्ह गरेका थिए ।

कुनै पनि दलले गरेको कारबाही सिफारिस कार्यान्वयन गर्न कानुनले सभामुखलाई १५ दिनको समय दिएकोमा एमालेले कारबाहीमा हतार गरेको भन्दै आलोचना हुने गरेको छ ।