समाचार

नेपाल आइडलका लागि फेरिए निर्णायकहरु



काठमाडौँ – गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनका लागि निर्णायकहरु निर्णायक फेरिएका छन् ।

फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका छन् ।

यसअघि शोमा संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बासकोटा निर्णायक थिए ।

चौथो सिजनमा टिकटक स्टारका रुपमा परिचित रेश्मा घिमिरे होस्टका रुपमा जोडिएकी छिन् ।