राजनीति

एमाले समाजवादी दर्ता नगर्न एमालेकाे निर्वाचन आयोगलाई आग्रह


काठमाडौँ – नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ)र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको बताएका छन् । उनीहरुले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नेकपा एमालेसँग मिल्ने अर्को दल दर्ता नगर्न आग्रह गरेका छन् ।

साथै १४ सांसदलाई पार्टीबाट निष्कासन गरेकाले उनीहरुको केन्द्रीय सदस्य पद पनि जानुपर्ने एमालेको माग रहेको बाबुराम दाहालले जानकारी दिए ।