राजनीति

प्रधानमन्त्री देउवा बंगलामुखी मन्दिर जाँदै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज बंगलामुखी मन्दिर जाने कार्यक्रम रहेको छ । ललितपुरको कुम्भेश्वरस्थित बिहान ११ बजेको साइतमा मन्दिरमा पूजाआजा गरेपछि गजुर राख्ने तय भएको छ ।

मन्दिर व्यवस्थापन समितिले जनाए अनुसार बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले आज गजुर राख्न प्रधानमन्त्रीलाई निम्तो दिइएको हो । गजुर राख्नुअघि प्रधानमन्त्रीले मन्दिर र गजुरको पूजा गर्ने कार्यक्रम छ ।