राजनीति

तटस्थ बसेका एमालेका ९ नेताले पार्टी एकताको लागि बढाए दबाब


काठमाडौँ – कुनै पनि पक्षमा नलागेर तटस्थ बसेका एमालेका ९ जना नेताहरुले पार्टी एकताको लागि दबाब बढाएका छन् ।

आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै उनीहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग राखेका छन् । उनीहरुले संयुक्त वक्तव्य निकालेर पार्टीलाई तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

वक्तव्यमा भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्तले हस्ताक्षर गरेका छन् ।