समाचार

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस


काठमाडौँ – सरकारले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति महारथीमा नियुक्त गर्न सिफारिस गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । शर्मा अहिले कायममुकायम प्रधान सेनापति छन् ।