समाचार

जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य प्रोटोकल पालना गरी मनाउन प्रशासनको आग्रह


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो । पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्नरनगराउनु हुन अनुरोध छ ।’