देश

भुतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिद्वारा प्रदर्शन, अनशनमा रहेकाको जीवन रक्षाको माग


काठमाडौँ – भुतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि प्रदर्शन गरेको छ । बेलायतमा रहेका भुतपूर्व ब्रिटिश गोर्खाले आफुहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ ।

१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरुलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने उनीहरुको माग रहेको छ । उनीहरुले नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिनेपनि स्पष्ट पारेका छन् ।