राजनीति

शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल


काठमाडौँ – नेपाली राजनीतिका शीर्ष तीन नेताहरुको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक विषयमा छलफल गरेको भएको स्रोतले जनाएको छ । साथै, बुधबार मात्र नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरि ल्याइएको अध्यादेशबारे छलफल भएको बुझिएको छ ।

नयाँ दल गठन गरेका नेपालले सरकारमा सहभागिताबारे आजको बैठकमा छलफल गर्दैछन् । यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए ।