काठमाडौँ – बेलुका देखि लगातार परेको वर्षाले धादिङ जिल्लामा पर्ने नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिरो खसेको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध हो ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समस्या परेको छ । पहिरो हटाउन अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् । पहिरोमा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।


प्रतिक्रिया