राजनीति

कुनै कर्मचारी अनियमितता र भ्रष्टाचारमा संलग्न भएको पाइए छाडिँदैनः ऊर्जामन्त्री भुसाल


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै कुनै कर्मचारी अनियमितता र भ्रष्टाचारमा संलग्न भएको पाइए नछाड्ने बताउनुभयो । कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उहाँको चेतावनी छ ।

मन्त्री भुसालले किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । भुसालले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महसुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी गराउनुभयो ।