काठमाडौँ – काठमाडौं उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठ्ने भएको छ ।
फोहोर फाल्दै आइएको स्थल नुवाकोटको सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर संकलन गर्न नसकिने काठमाडौं महानगरले स्पष्ट पारेको छ । जसका कारण उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिन थालेको छ ।
समयमै महानगरको फोहोर लिने गाडी नआएपछि स्थानीयले सडक किनारमै फोहोर फाल्न थालेका छन् । महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई फोहोर घरबाहिर ननिकाल्न अपिल गरेको छ ।
प्रतिक्रिया