देश

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन आन्दोलनमा


काठमाडौँ – नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो ।

युनियनले यूरोपियन यूनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै यूरोपियन यूनियनले भनेको मान्न आफू बाध्य नभएको र यूरोपियन यूनियनले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले बताउनुभयो । साउन २५ गतेदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै कर्मचारी ट्रेड यूनियन आन्दोलनरत छन् ।