काठमाडौँ – साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार नेप्से ५.७२ अंकले बढेर ३ हजार १६० दशमलव ०५ विन्दुमा पुगेको छ । सोमबार सेन्सेटिभ सूचक ३.५६ अंकले बढ्दै ५९२.९३ विन्दुमा पुगेको छ ।
सोमवार कुल २ सय २७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ८३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । यस दिन व्यापार, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको सूचक बढेको छ । यस्तै बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र मुचुअल फण्ड उपसमूहको सूचक घटेको छ ।
सोमवार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवारमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया