राजनीति

अफगानिस्तानमा रहेका नेपालीको विवरण भोलिसम्म बुझाउन निर्देशन


काठमाडौँ – सरकारले अफगानिस्तान पठाएका श्रमिकहरुको विवरण सोमबारसम्म बुझाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगार विभागले श्रमिकलाई अफगानिस्तान पठाउने म्यानपावर कम्पनीहरुलाई टेलिफोन गरेर (भोलि) सोमबारसम्म सबैको विवरण बुझाउन निर्देशन दिएको महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।