समाचार

करोडौँ ठगी गरी पोर्चुगल भागेका केदार प्रहरीको फन्दामा


काठमाडौा – बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका केदार ढुंगानालाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ ।

केन्द्रीय अनुसनधान व्युरोले अनुसनधान गरिरहेको यस घटनामा पोर्चुगल पुगेर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस-४ र हालको भुम्लु गाउँपालिका- १ का केदार ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो । उनलाई पक्राउ गर्न इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली पोर्चुगल गएको थियो । ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देवः विकास बैङ्क) सहित अन्य कयौँ व्यक्तिलाई ठगी गरेको उजुरी सीआईबीमा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो ।

सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ ग¥यो ।

त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ ग¥यो । घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भइसकेका थिए । मुख्य योजनाकार एक पात्र अर्थात् केदार ढुङ्गाना, युरोपमा बिजनेस गरेर बसिरहेका थिए ।