राजनीति

माओवादीको केन्द्रीय समिति बैठक सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बत्तीसपुतलीमा सुरु भएको छ । उक्त बैठक अनुपम फुडल्याण्डमा बसिरहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।