काठमाडौँ – काठमाडौँमा गर्भवती श्रीमतिको घाँटी थिचि हत्या गरिएको छ । गुहेश्वरीमा एक व्यक्तिले ६ महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।
मकवानपुरको हेटौंडा स्थायी घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
हत्या बारे प्रहरीलाई श्रेष्ठले आफैले जानकारी गराएका थिए । श्रीमतिको हत्यापश्चात् उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।
श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया