समाचार

लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान


काठमडौँ – लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।