देश

सुनसरी प्रहरीद्वारा एक महिनाको अवधिमा २ सय ३८ फरार प्रतिवादी पक्राउ


काठमाडौँ – सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । महिना दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् । विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् । प्रहरीले पक्राउ परेकाहरुबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया जरिवाना असुल भएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् ।