काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधवार नेप्से ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ परिसूचक भने २.३८ अंकले घटेर ५ सय ८५ दशमलव ७१ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् । त्यस्तै, २ सय २४ कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको खरिद बिक्री भएको छ ।
त्यस्तै, यस दिन रुरु जलविद्युत, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया