राजनीति

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा


काठमाडौँ – नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले वर्तमान सरकारलाई गाली गर्दै पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् । वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकराले गर्ने जनविरोधी कामहरुको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजै मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छुु, उनले लेखेका छन् ।

वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । उनले आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा (खण्ड (घ) मा व्यवस्था नै नभएको विषयमा आरोप लगाएर स्पष्टीकरणको नाटक मञ्चन गरिएको टिप्पणी गरेका छन् ।