समाचार

पदभार ग्रहण गर्दै कुलमानले भने, दोस्रो इनिङ जीवनकै ठूलो चुनौती


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’