राजनीति

कुलमानले बुझे नियुक्ति पत्र


काठमाडौँ – – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्तिपत्र बुझेका छन् । घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नियुक्तिपत्र दिएकी हुन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर घिसिङले नियुक्तिपत्र लिएका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनले ४ वर्षका लागि नियुक्ति लिएका हुन् ।