राजनीति

ओलीले भने – प्रचण्ड आगो हो थाहा छ, ‘एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्


काठमडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् ।

मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको स्मरण गरे । उनले अघि भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’